पश्चिमी वायुको आंशिक प्रभाव, प्रदेश १ को उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुस्सु/कुहिरो रहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनसमेत विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया