सुनकाे भाउ घट्याे, चाँदीकाे बढ्याे
नेपालखोज
२०७८ पुष ७ गते १०:३८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रूपैयाँले नै घटेकाे छ । तेजाबी सुन आज ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९२ हजार ५ रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी मंगलबार १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया