न्याय सेवा आयोगको बैठक बस्दै
नेपालखोज
२०७८ पुष ७ गते ११:४८

काठमाडौं । न्याय सेवा आयोगको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे बेठक बस्दैछ ।
प्रधान्यायाधीश अध्यक्ष रह्ने न्याय आयोगको बैठकमा नेपाल बारले कसैलाई सहभागि नहुन अनुरोध गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा बारले माग्दै आएको छ । तर, जबरा राजीनामा नदिने पक्षमा देखिएका छन् ।
नेपाल बारले जबराले नेतृत्व गर्ने कुनैपनि बैठकमा सहभागि नहुन सदस्यहरुलाई पत्रचार गरिसकेको छ । जबराको राजीनामाको माग उठिरेहको समयमा बोलाइएको बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहने व्यवस्था छ ।
सम्बन्धित

प्रतिक्रिया