प्रतिनिधिसभा बैठक सुरु, ४ अध्यादेश पेस गरिँदै
नेपालखोज
२०७८ पुष ७ गते १३:४१

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकका लागि ९ वटा कार्यसूची तय गरिएको छ । सरकारले आज ४ वटा अध्यादेश पेस गर्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच नै अध्यादेश प्रस्तुत गर्ने बुझिएको छ । हिजो २ वटा अध्यादेश पास गरिएकोमा आज ४ वटा अध्यादेश पास गर्ने कार्यसूची छ ।
सांसद् प्रेम सुवालले केही अध्यादेश अस्वीकृत गरियोस् भनी सूचना प्रस्तुत गर्ने संसद् सचिवालयले प्रस्तुत गरेको सम्भावित कार्यसूचीमा छ ।
सम्बन्धित

प्रतिक्रिया