मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत

नेपालखोज २०७८ पुष ७ गते १४:०१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत नियुक्त भएका छन् । आज मुख्यमन्त्रीले राईले उद्योगी राउतलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका हुन् ।

राउत सामाजिक क्षेत्रमा सक्रिय छन् । उनी मोरङ व्यापार संघको पूर्व वरिष्ठ उपाध्क्ष हुन् । राउत हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष छन् ।

राईको सचिवालयमा बन्धु पोखरेल प्रेस सल्लाहकार र जीवन राई राजनीतिक सल्लाहकार छन् ।

प्रतिक्रिया