सभामुखले एमालेलाई फुटाएको सांसदहरुको आरोप
नेपालखोज
२०७८ पुष ७ गते १४:३०

काठमाडाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’ लगायतका नाराहरु लगाउँदै प्रतिनिसभा बैठक अवरुद्ध पारेको छ । बुधबार सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिए ।
यता सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमती राख्न पटक पटक आग्रह गरे । तर, एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।
एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा पार्टी फुटाउने षडयन्त्रमा लागेका भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया