माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा १५३३ प्रतिनिधि

काठमाडौं । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा १५३३ प्रतिनिधि सहभागि हुने भएका छन् । आज पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले पुष ११ गतेदेखि १३ गतेसम्म सम्मेलन आयोजना हुने जनाएको छ ।
प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहालले तयार पारिरहेको बताए । सो प्रतिवेदन स्थायी समितिमा छलफल गर्ने महराले बताए । उनले तोकिएको समयभन्दा २ दिनसम्म सम्मेलन लम्बिन सक्ने बताए । उनले भने,–‘सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने छ ।’
ठूलो पार्टीबाट माओवादी सानो हुँदा संसदीय राजनीतिमा समस्या भोगेको उनले बताए । सम्मेलनबाट माओवादीलाई एकढिक्का बनाउने योजना छ ।

प्रतिक्रिया