नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि
नेपालखोज
२०७८ पुष ७ गते १७:४८

काठमाडाैं । नेपालमा थप एक जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ९८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
जिन सिक्विन्सिङका क्रममा ति व्यक्तिमा संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।
हाल संक्रमित व्यक्ति होम आइसोलेशनमा रहेको र कन्ट्याक्टट्रेसिङ पनि भइसकेको मिश्राले बताइन् । योसँगै नेपालमा ओमिक्रोन संक्रमण हुनेको संख्या तीन पुगेको छ ।
नेपालमा मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरिअन्ट कोरोना भाइरसको अरू भेरिअन्ट भन्दा चाँडो फैलिने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया