संसद् सूचारु गराउन पहल गर्न सरकार र सभामुखको ध्यानाकर्षण (भिडियोसहित)

नेपालखोज २०७८ पुष ७ गते १८:२८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद् छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष लिङदेनले लामो समयदेखि अवरुद्ध संसद् सुचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए । आज संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान गर्ने थलो संसद् चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने पनि बताए ।

अध्यक्ष लिङदेनले भने, ‘लामो समयदेखि संसद जुन अवरुद्ध भइराखेको छ । यसले संसदको उपहास भइराखेको छ । संसद जहाँ, जनताको समस्याहरुको आवाज उठाउने थलो हो । यसमा जुन प्रकारको नियमित रुपमा संसद अवरुद्ध हुने अनि प्रमुख प्रतिपक्ष र सरकार दुवै यस विषयमा चाँही गम्भिर नबन्ने जुन काम भएको छ । त्यो दुःखदायी छ । यसको म निन्दा गर्न चाहन्छु । र चाँडोभन्दा चाँडो सरकार, संसदको सभामुख सबैको पहलबाट संसदको अवरोध खुलाउनु पर्छ ।’

अध्यक्ष लिङदेनले नियमित रुपमा संसद् अवरुद्ध हुने काम दुःखद् भएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया