शुक्रबार, वैशाख २१, २०८१

सनराइज बैंक सहकारीमा डेविट कार्डमार्फत भुक्तानी सुरु

नेपालखोज २०७८ पुष ७ गते २३:५५

काठमाडौं । सनराइज बैंकले सहकारीका ग्राहकहरुलाई पनि भिसा डेविट कार्डमार्फत् भुक्तानी पाउने व्यवस्था गरेको छ । आज बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो ।

उक्त सेवा विस्तारको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौतासमेत गरेको छ । कार्यक्रममा बोल्दै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले ४ वर्षको प्रयास पछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको बताए

सिइओ शर्माले नेपाल सरकार तथा केन्द्रिय बैंकले मौद्रिक नीतिमा नै सहकारीलाई पनि डिजिटल बैंकिङ कारोबारका ल्याउन योजना अनुसार यो कार्यक्रम सनराइज बैंकले सुरु गरेको बताए । उनले सहकारी र बैंकबीचमा भिसा तथा डेविट कार्डमार्फत भुक्तानी गर्ने सक्ने व्यवस्था दक्षिण एसियामा नै पहिलो भएको बताए ।

सिइओ शर्माले यो कार्यले सहकारीमा समेत ग्राहकको विश्वास बढ्ने बताए । बैंकले पहिलो चरणमा चार वटा सहकारी संस्थासँग भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्थामा सम्झौता गरिसकेको छ । भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो भएको छ । सनराइज बैंकले यो परियोजना अन्तर्गत जारी हुने कार्डमार्फत हुने कारोबारको लागि सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने बताएको छ ।

प्रतिक्रिया