शुक्रबार, वैशाख २१, २०८१

एनआईसी एशिया क्यापिटलको संचालक समितिमा लुईटेल नियुक्त

नेपालखोज २०७८ पुष ८ गते २:००

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालकमा रुपेश लुईटेल नियुक्त भएका छन् । कम्पनीका अनुसार बुधबार सम्पन्न भएको संचालक समितिको १०१औं बैठकको निर्णय बमोजिम बुधबारदेखि लागु हुने गरि क्यापिटलको संचालक समितिको सदस्यमा चार्टर्ड एकाउण्टेण्ट लुईटेललाई नियुक्त गरिएको हो ।

उनी सनराइज बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडमा गरी १० वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव रहेकोे छ । उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएको जानकारी दिएको छ ।

प्रतिक्रिया