नेपाल टेलिकमको एमडीका लागि ९ जनाको आवेदन

नेपालखोज २०७८ पुष ८ गते ९:४३

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि गरेकाे आवेदन आह्वानमा ९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा बुद्धि आचार्य, संगिता पहाडी अर्जुनबाबु ढकाल, सुनिल पौडेल प्रदीपराज उपाध्याय, सुरजसिंह थापा अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास लगायतले रहेका छन् ।

यसैबीच प्रबन्ध निर्देशक नियुक्तिका लागि दरखास्तको सर्त नै फेरिएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरेको थियो । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्तरिपरिषद्को कार्यालयविरुद्ध परेको रिटमा न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएकाे छ ।

योग्यता पुगे पनि योग्यताको मापदण्डमा गरिएको चलखेलले अनन्तमान सिंहले आवेदन दिन नपाएपछि पूर्वकर्मचारी सुरेन्द्रमान सिंहले सरकारलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । दायर रिटमा अदालतले नियुक्ति प्रक्रिया आगामी सोमबारसम्मका लागि रोकेर दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश गरेको छ। 

प्रतिक्रिया