एमालेले जनसंगठन प्रभावकारी बनाउन र अध्ययन गर्न कार्यदल बनाउने

नेपालखोज २०७८ पुष ८ गते १०:१०
No description available.

काठमाडाैं । नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रकाे बसेकाे पहिलो बैठकले जनसंगठनहरू प्रभावकारी बनाउन र अध्ययन गर्न एउटा कार्यदल बनाउने भएकाे छ ।

एमालेको केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको संयन्त्रको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हाे ।

No description available.

कार्यदलका सदस्यहरूमा रचना खड्का, गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुंगेल र विष्णु रिजाल रहेका छन् भने कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने ? जनसंगठनबाट विदा भएकाहरू पार्टी काममा पुगेका छैनन भने कसरी पुर्याउने ? भन्ने विषयमा छलफल गरेर माेर्चा संयन्त्रको बैठकमा सुझाव पेस गर्नेछ ।

सोही सुझावका आधारमा फागुनसम्ममा जनसंगठनहरूले अधिवेशन र सम्मेलन सम्पन्न गर्नुपर्नेछ । 

प्रतिक्रिया