एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल ढाकामा सुरु हुँदै
नेपालखोज
२०७८ पुष ८ गते १०:१४

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आज (बिहीबार) बाट बंगलादेशको राजधानी ढाकामा सुरु हुँदैछ । नेपाली महिला -पुरुष खेलाडीले पनि आजै प्रतिस्पर्धा गर्दैछन् । नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलंकासँग बिहान सवा ११ बजे खेल्ने भएको हो ।
यस्तै पुरुष टोलीले आजै आयोजक बंगलादेशसँग साँझ पौने पाँच बजे खेल्ने छ । एसियन सिनियर सेन्ट्रल जोनमा पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले खेल्ने छन् ।
महिलामा बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । खेल सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया