शनिबार, जेठ ५, २०८१

प्रदेश २ कांग्रेस अधिवेशनमा मतदान सुरु

नेपालखोज २०७८ पुष ८ गते १०:३१

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहादेखि मतदानको कार्यसूची बनाएको हो ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान जारी रहेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेद्वारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

प्रतिक्रिया