सुन ७ सय रूपैयाँले बढ्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७८ पुष ८ गते १०:३९

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ७ सय रूपैयाँले नै बढेकाे छ । तेजाबी सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९२ हजार १ रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बुधबार १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया