कांग्रेस महाधिवेशन : दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

नेपालखोज २०७८ पुष ८ गते १२:२३

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन् ।

दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया