कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती मनाईदै

नेपालखोज २०७८ पुष ८ गते १३:४५

काठमाडौं । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती मनाईदै छ । आज नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईको विभिन्न ठाउँमा कार्यक्रम गरेर स्मरण गरिँदैछ ।

१४ वर्ष जेल बसेका सन्त नेता भट्टराई नेपाली राजनीतिका शिखर पुरुष हुन । पञ्चायती शासनको विपक्षमा वकालत गर्दै हिड्ने भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयन भूमिका निर्वाह गरेका थिए ।

सन् १९२४ मा भारतमा जन्मिएका भट्टराईको वि. स २०६७ मा निधन भएको थियो । उनलाई (किशुन जी)को उपनामले नेपाली राजनीतिमा चिनिन्छ ।

प्रतिक्रिया