रञ्जु दर्शनाले पार्टी त्यागिन्, भन्छिन्- मूल नेतृत्व ठीक भएन

काठमाडौं । विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । उनले आज विज्ञप्ति जारी गर्दै पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।
‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, विज्ञप्तिमा भनिएको छ ।
आगामी दिनमा स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिरुपमा सक्रिय हुने उनले जनाएकी छन् । नेतृ दर्शनाले राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको मूल नेतृत्व नै सही नभएको आरोप लगाएकी छन् ।
उनी तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्यसमेत हुन् । दर्शना स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेद्वारसमेत बनेकी थिइन् ।

प्रतिक्रिया