शनिबार, वैशाख २२, २०८१

हुवावेबाट नेपालका १९ विद्यार्थी लाभान्वित

नेपालखोज २०७८ पुष ८ गते १५:००

काठमाडौं । हुवावेले यस वर्षको सीड्स फर द फ्युचर ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम नेपालको स्नातक तहका विद्यार्थीहरूका लागि गरेको छ । सोमबार आयोजना गरिएको एक कार्यक्रममार्फत विभिन्न ICT पृष्ठभूमिबाट आएका, ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका थिए ।

अक्टोबर ६ र नोभेम्बर ७ मा हुवावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपालभरबाट १३६ आवेदनहरू प्राप्त गरेको थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित ICT प्रोफेसरहरु मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ विद्यार्थीहरूलाई छनोट गरेको थियो । ती विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साथीहरुसँग ८ दिने अनलाइन तालिममा भाग लिए, Tech4good प्रोजेक्टमा सहभागी भए, घान्द्रुकमा हुवावेद्वारा निर्मित 4G बेस स्टेशनको भ्रमण गरे र डिसहोम र एनसेलका उद्योग विशेषज्ञहरूका कक्षाहरूमा भाग लिए ।

ती विद्यार्थीहरूले Tech4good विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् । उनीहरूले वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २०००० डलर सम्मको पुरस्कार जित्न सक्छन् । सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० देश र ९००० भन्दा बढी क्षेत्रका विद्यार्थीहरूले कार्यक्रममा भाग लिइ सकेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत होउ यान्छी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल थिए । राजदूत होउले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा १९ विद्यार्थीहरुलाई बधाई दिइन । मन्त्री पौडेलले हुवावेकाे सीड्स फर द फ्युचर कार्यक्रमको प्रशंसा गर्दै हुवावेलाई अन्य कार्यक्रमहरू पनि ल्याउन अनुरोध गरे ।

प्रतिक्रिया