शुक्रबार, चैत १६, २०८०

सेयर बजारको गिरावट रोकिएन

नेपालखोज २०८० वैशाख २५ गते १५:३५

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन १९ दशमलव १२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन १६ दशमलव ९३ अंकले घटेर १८ सय ३३ दशमलव ६९ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंकले घटेर तीन सय ५२ दशमलव ३७ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको २५ हजार पाँच सय ८८ पटकको कारोबारमा २८ लाख १० हजार छ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ८२ करोड ४२ लाख १७ हजार एक रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ५० अंकले घटेर १२ सय १२ दशमलव ५९ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक पनि १३ दशमलव ७१ अंकले घटेर तीन हजार तीन सय ८९ दशमलव शुन्य तीन अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि १८ दशमलव ४१ अंकले घटेर १५ सय ३० दशमलव ६५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४३ दशमलव ८० अंकले घटेर २२ सय ७२ दशमलव १७ अंकमा झरेको छ । यसबाहेक जीवन बीमा समुहको सुचक पनि एक सय २१ दशमलव ४९ अंकले घटेर नौं हजार एक सय ७० दशमलव ९९ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय छ दशमलव ९४ अंकले घटेर आठ हजार चार सय २९ दशमलव चार अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी कोष, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव पाँच प्रतिशतले बढेर सात सय ९२ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर किनबेच हुँदा इष्र्टन हाईड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ३७ प्रतिशतले घटेर एक सय ९१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज प्रतिकित्ता तीन सय ९८ रुपैंयाँ अन्तिम मुल्यमा तीन करोड ७८ लाख २१ हजार दुई सय ८२ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया