नेप्सेमा १२ अंकले वृद्धि, साढे चार अर्बको कारोबार

नेपालखोज २०७८ पुष ८ गते १५:४०

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ९३ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज भने १२ दशमलव ५३ अंकले बढेर २५ सय २० दशमलव २३ अंकमा पुगेको छ ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव एक अंकले बढेर चार सय ७७ दशमलव ३६ अंकमा पुगेको छ । दुई सय २९ वटा कम्पनीहरुको ५९ हजार आठ पटकका कारोबारमा ८३ लाख २३ हजार नौ सय २३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४९ करोड दुई लाख ६६ हजार चार सय १० रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा तीन वटा समूहले गुमाएका छन् भने १० वटा समूहले कमाएका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ९२ अंकले बढेर १७ सय १६ दशमलव ६२ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि तीन सय ८१ दशमलव ९७ अंकले बढेर ११ हजार एक सय एक दशमलव ७६ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि दुई सय दुई दशमलव ४८ अंकले बढेर १३ हजार तीन सय १५ दशमलव५७ अंकमा चढेकोमा लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने आज ४९ दशमलव एक अंकले घटेर ४३ सय ६८ दशमलव ८२ अंकमा झरेकोमा जलविद्युत र फाईनान्स समूहको सूचक पनि घटेको छ ।

नेप्सेमा आज शिखर इन्स्योरेन्स कम्पनकिो प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर १६ सय ८८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने छ दशमलव ७४ प्रतिशतले घटेर आठ सय ४४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

त्यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता छ हजार आठ सय रुपैयाँ अन्तिम मूल्यमा ३६ करोड २४ लाख ८४ हजार आठ सय ३६ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया