खस आर्यमा कसले कति मत पाए ?
नेपालखोज
२०७८ पुष ८ गते १५:५२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यतर्फ खस आर्यको मतगणना जारी छ। १४औं महाधिवेशनअन्तर्गत खस आर्यमा १४ जना चुनावी मैदानमा हाेमिएका थिए । ७ जना यस समूहबाट केन्द्रीय समितिमा निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।
३५ सय ७१ मत गणना हुँदा केशव कुमार बुढाथोकीले १५ सय ८२ मत ल्याएर अघिअघि छन् । त्यस्तै गोविन्द शाहले १५ सय ५९, भीम पराजुलीले १४ सय ७९, मधु आचार्यले १४ सय ७८, श्याम घिमिरेले १४ सय २, नारायण कार्कीले १३ सय ६३, गेहेन्द्र गिरीले १३ सय १३, विष्णु कार्कीले १२ सय ७९ र हरिबोल भण्डारीले १२ सय १४ मत ल्याएका छन्।
निर्वाचन समितिले आजबाट सबै समूहको मत गन्ने काम सकिने जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया