चौबीस घण्टामा थपिए २९३ संक्रमित, थप २ को मृत्यु

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जना गरि २९३ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ९ हजार ९२२ पुगेको छ । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया