‘घरमा आवश्यक पर्ने ग्रोसरी सपिङ समय हेरेर गर्छु’

नेपालखोज २०७८ पुष ८ गते १९:०९

काठमाडौं । फिल्म र म्यूजिक भिडियोको कामले गर्दा प्रायः व्यस्त रहने अभिनेत्री वर्षा सिवाकोटीले घरमा आवश्यक पर्ने ग्रोसरी सपिङ आफ्नो समय र लोकेशन हेरेर गर्ने गरेको बताएकी छन् । बुधवार टोखा मिलनचोकमा नेपालकै ठूलो रिटेल चेन सुपरमार्केट ‘साथी मार्ट’ को नयाँ आउटलेटको उद्घाटन गर्दै उनले घरका लागि ग्रोसरी सपिङ आफूले भन्दा बढी आमाले गर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘ग्रोसरी सपिङ घरमा म मात्रैमा सीमित छैन् । बढीजसो ममीले गर्नुहुन्छ । तर, कहिलेकाहिँ कुनै चिजहरु चाहिने नै भएको खण्डमा म पनि लिएर जाने गरेको छु । तर, समय र लोकेशन हेरेर मेरो सपिङ हुने गर्छ ।’ उनले आफू ‘साथी मार्ट’ को नियमित ग्राहक रहेको बताउँदै नेपाली उत्पादनलाई पनि प्राथमिकता दिने मार्टको उद्देश्य आफूलाई एकदमै मन परेको बताएकी छन् ।

‘साथी मार्ट’ ले अनलाइनबाट दिने सुविधाले पनि आम मानिसको जीवनलाई सहज बनाएको उनको भनाई छ । ‘लकडाउनको समयमा अनलाइन सपिङबाहेक हामीसँग अरु विकल्प थिएन । त्यसबेला हाम्रो जीवनयापनलाई सहज बनाउन अनलाइन सपिङले ठूलो भूमिका खेलेको थियो । विस्तारै नेपालमा अनलाइन सपिङको संस्कार बढ्दै गएको छ, जुन सुखद कुरा हो,’ वर्षाले भनिन् ।

ओटुओ (अनलाइन टु अफलाइन) सुविधासहित टोखामा ‘साथी मार्ट’ को आउटलेट सुरू भएको हो । उपभोक्ताले ‘साथी मार्ट’ को मोबाइल एप वा आधिकारिक वेबसाइट WWW.SAATHIMART.COM मा आफूलाई आवश्यक पर्ने सामान अर्डर गरी मगाउन सकिने सिइओ सागर पोख्रेलले बताएका छन् । आउटलेट पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले सञ्चालन हुने मार्ट हुने उनको दाबी छ ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ । मार्टमा ग्राहकले ३५ प्रतिशतसम्म छुट, फ्ल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहने बताइएको छ । ‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा सुपरस्टार राजेश हमाल रहेका छन् ।

प्रतिक्रिया