शनिबार, जेठ ५, २०८१

स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम बिर्तामोडमा

नेपालखोज २०७८ पुष ८ गते २३:५५

काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्टथ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अब हलेसी अटोमोबाइलले पूर्वी नेपालमा स्कोडाको विक्री र विक्री पछिको सेवाको जिम्मेवारी पाएको हो ।

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।

स्कोडाको नयाँ सोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्तरुपमा गरेका हुन ।

प्रतिक्रिया