आइतबार, वैशाख २३, २०८१

सिटिजन्स बैंक १५औं वर्षमा

नेपालखोज २०७८ वैशाख ८ गते १३:११

काठमाडौं । सिटिजन्स बैंक १५औं वर्षमा प्रवेश गरेको छ । नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ २०६४ वैशाख ७ देखि २०औं वाणिज्य बैंकका रुपमा स्थापना भएको हो । यस सुखद् अवसरमा बैंकले ग्राहकवर्ग, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा समस्त शुभचिन्तकहरुमा आभार व्यक्त गरेको छ ।

५६ करोड रुपैयाँ चुक्ता पुँजीबाट स्थापना भएको बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकले यस अवधिमा नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक रतिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी पछिल्लो समयमा सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ । बैंक स्थापना भएको वर्ष समाप्तीमा एक अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष ०७७/७८ को चैत मसान्तसम्म आइपुग्दा बैंकको कुल निक्षेप करिब एक खर्ब २९ अर्ब रुपैयाँ छ भने करिब एक खर्ब १४ अर्बरुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला पाँच वर्ष निरन्तर एक अर्बभन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिव १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । स्थापनाको पहिलो वर्ष नौवटा शाखाबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकलेसातै प्रदेशमा फैलिएका आफ्ना एक सय ६७ वटा शाखाबाट करिब १० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा थप ७४ शाखा विस्तार गरिसकेको छ । बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा सहर-बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापनाकालदेखिनै पहल कदमी गरिसकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका उदाहरण हुन् ।

स्थापनाकालदेखि नै कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको बैंकको थालनी हुँदा ४४ कर्मचारी रहेकामा हाल एक हजार ६ सय कर्मचारी आबद्ध छन् । यसै सिलसिलामा बैंकमा निरन्तर दुई कार्यकाल पूरा गरी सञ्चालक समितिमा योगदान पुर्‍याएका सञ्चालक तथा बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिऐको छ । “भित्र सिस्टम र बाहिर इमेज” को नारालाई अंगिकार गरेको बैंकमा आउने सेवाग्राहीलाई पहिला नमस्तेका साथ अभिनन्दन गर्दै सेवा प्रवाह गर्ने प्रचलन छ ।

प्रतिक्रिया