शनिबार, जेठ ५, २०८१

लक्ष्मी बैंक एक अर्ब ५७ करोड खुद मुनाफा आर्जन गर्न सफल

नेपालखोज २०७८ पुष ८ गते २३:३१

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले बिहिबार काठमाडौमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले बैंकको चुक्ता पूँजीको आठ प्रतिशत बोनस सेयर र तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड पुगेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

बैंकले आव २०७७/७८ मा एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब आठ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको वासलातको आका एक खर्ब ५२ अर्ब रहेको छ । सो आवमा बैंकले एक अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया