शनिबार, जेठ ५, २०८१

कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

नेपालखोज २०७८ पुष ९ गते ७:४९

काठमाडाैं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । नेतृत्व चयनका लागि बिहिबार भएको चुनावको शुक्रबार बिहान आएको अन्तिम मत परिणामअनुसार रामसरोज यादवलाई पछि पार्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापति बनेका हुन् ।

निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो । जसमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत पाउँदा पराजित रामसरोजले ८ सय ५५ मत ल्याएका छन् ।

प्रतिक्रिया