शनिबार, जेठ ५, २०८१

नेपालले आज बंगलादेशसँग खेल्दै

नेपालखोज २०७८ पुष ९ गते ९:०६

काठमाडौं । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । बंगलादेशसँग नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट मैदानमा खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया