प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनलाई आज पूर्णता दिइने

नेपालखोज २०७८ पुष ९ गते १०:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज (शुक्रबार) स्थायी कमिटीको बैठक बस्ने भएको छ । पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनको तयारीस्वरुव बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेजलगायत विषयबारे छलफल हुनेछ । आज पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर पूर्णता दिने तयारी गरिएको बुझिएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

प्रतिक्रिया