माओवादी बैठक जारी, राजनीतिक प्रतिवेदनलाई पूर्णता दिइने

नेपालखोज २०७८ पुष ९ गते १०:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ । पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनको तयारीस्वरुप बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेजलगायत विषयबारे छलफल हुनेछ । आज पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर पूर्णता दिने तयारी गरिएको बुझिएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको हो ।

प्रतिक्रिया