नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई भोलि प्रमाणपत्र वितरण गरिने

नेपालखोज २०७८ पुष ९ गते १२:४५


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिने भएको छ । आज कांग्रेस केन्द्रीय कार्यालयले शनिबार बिहान ११ बजेबाट उपस्थित हुन सूचना जारी गरेको छ ।

कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचित भएका छन । सभापतिसहित २-२ उपसभापति महामन्त्री र ८ सह-महामन्त्री पदाधिकारीमा निर्वाचित भएका छन । सबै समूहबाट १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन ।

कांग्रेसमा १६७ जना केन्द्रीय समितिमा हुने प्रावधान छ । बाँकी ३३ जना मनोनीत हुनेछन । कोषाध्यक्ष पनि मनोनीत गर्ने व्यवस्था छ । तर, कोषाध्यक्ष बन्नका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्छ ।

प्रतिक्रिया