माओवादीमा सबैभन्दा धेरै वागमतीबाट १२८ र कम गण्डकीबाट ७४ प्रतिनिधि

नेपालखोज २०७८ पुष ९ गते १४:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलनमा १५३३ प्रतिनिधि सहभागी हुने भएका छन । सम्मेलनले सबै समूहलाई समेटेर प्रतिनिधि चयन गरेको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट, आयोग, विभाग तथा प्रदेशबाट सहभागिता हुने जनाइएको छ ।

सम्मेलनमा ७ प्रदेसमध्ये सबैभन्दा धेरै वागमतीबाट १२८ र सबैभन्दा कम गण्डकीबाट ७४ प्रतिनिधि सहभागी हुँदै छन् । प्रदेश नं २ बाट १०६, लुम्बिनीबाट १०५, प्रदेश नं १ बाट ९६, कर्णालीबाट ८७ र सुदूरपश्चिमबाट ८४ प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रवास प्रदेश समितिबाट ३४ प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्वजनमुक्ति सेनाका तर्फबाट ५ प्रतिशत अर्थात् ७३ जना मनोनीत गरिनेछ ।
सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ । सुरुमा स्थायी समितिमा छलफल गरेर राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने काम हुनेछ ।

प्रतिक्रिया