‘तत्काल पीडितहरुको समस्या समाधानको लागि सरकारसमक्ष आग्रह’

नेपालखोज २०७८ पुष ९ गते १७:५८

काठमाडौं । नेपाली काँग्रेसका नेता शिरोमणि ओझाले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या २०औं वर्ष हुदाँपनि समाधान नभएकोमा दुःख व्यक्त गरे । आज उनले रपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तत्काल पीडितहरुको समस्या समाधानको लागि सरकारसमक्ष आग्रह गरेका छन् ।

उनले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या लुकेर बसेको बताए । राष्ट्रिय समस्याको रुपमा लिएर समाधानको बाटो खोजिनु पर्नेमा उनले जोड दिए । उनले भने,–‘कञ्चनपुर शक्लाफाँटा वन्यजन्तु आरक्षणबाट २०५८ सालमा राज्यले मुआब्जा दिन्छौं भनेर आरक्षण क्षेत्रबाट स्थानीयहरुलाई विस्थापित गरेपनि अहिलेसम्म यो समस्या समाधान गर्न सकेको छैन् ।’

कार्यक्रममा कञ्चनपुरबाट आफ्ना समस्या समाधानको माग गर्न काठमाडौं आएका आरक्षण पीडित संघर्ष समितिका जिल्ला सचिव प्रेम दत्त भट्ट, राजेन्द्र लोहार, कर्णबहादुर चन्द, कृष्णजंग सिंहलगायत उपस्थित थिए ।

प्रतिक्रिया