आइतबार, वैशाख १४, २०८२

२०२१ मा बनेका अचम्मका वर्ल्ड रेकर्ड !

नेपालखोज २०७८ पुष १० गते १७:३९

वर्ष २०२१ हामीबाट बिदा हुने क्रममा छ । यति बेला बित्न लागेको वर्षको अनेकौं कुरा ताजा भएको छ । बित्न लागेको वर्षका कतिपय मिठा कुराहरु छन् जसलाई लिएर हामी नयाँ वर्षमा प्रवेश गर्नेछौं भने कतिपय कुरालाई अनुभवका रुपमा लिएर तिनलाई यहि छोडेर अघि बढने छाैं ।

यी तिता मिठा कुराबीच केही यस्ता कुरा पनि छन् जसले हामीलाई आश्चर्यचकित तुल्याएका छन् । आज हामी दिमाग नै चकराउने यस्तै केही नयाँ वर्ल्ड रेकर्ड्सको कुरा गर्दैछाैं जुन २०२१ मा बनाइए ।

७ सेकेन्डमा १० वटा मास्क

कोरोना महामारीपछि मास्क हाम्रो जीवनको अभिन्न अंग नै बनिसकेको छ । कसैले त यही मास्कका आधारमा गिनिज बुकमा आफ्नो नामसमेत लेखाएका छन् । जर्ज पीलले छिटोभन्दा छिटो सर्जिकल मास्क लगाउने क्रममा ७.३५ सेकेन्ड भित्र १० वटा मास्क मुखमा लगाइ नयाँ विश्व रेकर्ड बनाएका छन् ।

सबैभन्दा सानो कदका बडिबिल्डर

सानो वा ठुलो कद मानिसको हौसला वा लक्षको बाधक बन्न सक्दैन । यही कुरा साबित गरेका छन् भारतीय बडिबिल्डर प्रतीक विट्ठलले । २६ वर्षका प्रतीकको शरीर भलै प्राकृतिक रुपले परफेक्ट छैन तर उनले आफ्नो यहि कमीलाई आफ्नो तागत बनाएका छन् । परिणाम अहिले उनी संसारकै सबैभन्दा साना बडिबिल्डरका रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका छन् । ३ फीट ४ इन्चका प्रतीकले बडी बिल्डिङमा करियर बनाउने आफ्नो सपना साकार गरेका छन् जसलाई प्रकृति र प्रवृत्तिविरुद्धको जित मान्न सकिन्छ ।

जीब्रोले पंखा रोक्ने महिला

संसारमा अनेकौं अचम्मका मानिस र उनीहरुका अनेकौं अनाैठा किस्सा कहानी सुन्न पाइन्छ । यस्तै अनाैंठो रेकर्ड बनाउने सुरमा मानिस कुनै पनि हदमा पुग्न सक्छन् । अस्ट्रेलियाकी जो एलिसलाई नै हेराैं न, यी महिलाले आफ्नो जीब्रो (Tongue) ले घुमिरहेको पंखा रोकेर नयाँ किसिमको वर्ल्ड रेकर्ड बनाएकी छन् । एलिसले इटलीमा आयोजित एक समारोहमा चलिरहेको इलेक्ट्रिक पंखाको ब्लेड जीब्रोले रोकेर रेकर्ड मात्र बनाइनन् मानिसहरुलाई आ-अफ्नो जीब्रो टोक्नसमेत बाध्य तुल्याइन् ।

रेकर्ड तोड डकार

अस्ट्रेलियाको डर्विन निवासी नेविले शार्पको डकार अहिले पुरा संसार प्रशिद्व भएको छ । उनको ११२.४ डेसिबलको डकारको आवाज कुनै इलेक्ट्रिक ड्रिल मेसिनको आवाजभन्दा तिव्र छ । नेविलेलाई उनकी दिदिले सानैमा डकार लिन सिकाएकि थिइन् । अहिले उनी ४५ वर्षका भए । नेविलेले आफ्नी श्रीमतीको आग्रहमा यो अचम्मको रेकर्डका लागि प्रयास गरेका हुन् र आज उनी यो नाैलो किसिमको वर्ल्ड रेकर्ड होल्डर भएका छन् ।

पानीभित्र स्वास रोकेर २४ मिनेट ३७ सेकेन्ड

यो एउटा अर्को अचम्मित गर्ने खालको रेकर्ड हो जुन यही वर्ष क्रोएशियाका ५६ वर्षिय ब्यक्तिले बनाए । बुदमीर सोबत नामका यी ब्यक्ति पानी भित्र २४ मिनेट ३७ सेकेन्डसम्म स्वास रोकेर बसे । यो रेकर्ड यस अघि पनि उनकै नाममा थियो तर त्यसमा ३४ सेकेन्डको सुधार ल्याउँदै उनले यो नयाँ रेकर्ड बनाएका हुन् । एएफपि

प्रतिक्रिया