प्रदेश १ र वाग्मती प्रदेशमा वर्षा, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालखोज २०७८ पुष १० गते ६:२६

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने तथा प्रदेश १ र वाग्मती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले जनाएकाे छ । साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

आज राति देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ भने देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १ र वाग्मती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको, तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनसमेत विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया