बंगलादेशमा तीनतले डुंगामा आगलागी, मृतकको संख्या ३९ पुग्यो
नेपालखोज
२०७८ पुष १० गते ९:०६

काठमाडाैं । बंगलादेशमा एउटा यात्रुवाहक डुंगामा आगलागी हुँदा ३९ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परेर झन्डै १०० जना घाइते भएका छन् । त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो ।
घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले घटनास्थलमा दर्जनौं शव फेला पारिएको बीबीसी जनाएकाे छ ।
डुंगामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन् । ‘मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ । धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हाम फाल्दा डुबेर मरेका छन् । ‘डुंगामा ५०० जना यात्रु रहेको बताइएको छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया