शनिबार, वैशाख २२, २०८१

‘पारस्पारिक सद्भाव र एकता कायम गर्न चाडपर्वले सन्देश दिएका छन् ’

नेपालखोज २०७८ पुष १० गते १०:२१


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस चाडका अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको कामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण भएको जनाएका छन् । क्रिसमस पर्वले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गर्ने विश्वास पनि प्रधानमन्त्री देउवाले लिएका छन्।

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।

प्रधामन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमणका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया