आइतबार, असार ३, २०८१

१० महिनामा चोभार बन्दरगाहबाट ८३ करोडको आयात

नेपालखोज २०८१ जेठ १० गते १४:४४

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार चोभारबाट साउन-वैशाखमा ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

यो बन्दरगाहबाट कुल आयातको ०.०६ प्रतिशत वस्तु आयात भएको छ । १० महिनामा कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको ।

नेपालमा कुल २९ भन्सार विन्दु र सुक्खा बन्दरगाहरुबाट अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । यो भन्सारबाट ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ३४.३२ प्रतिशत हो ।

प्रतिक्रिया