शनिबार, जेठ ५, २०८१

बंगलादेश नेपालसँग पराजित, नेपालको फाइनल पुग्ने सम्भावना बलियो

नेपालखोज २०७८ पुष १० गते १२:२१

काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार तेस्रो खेल जितेको छ । आज भएको खेलमा आयोजक बंगलादेशलाई पराजित गर्दे नेपालले फाइनल पुग्ने सम्भावलाई बलियो बनाएको हो ।

नेपालले आयोजकलाई सोझो सेटमा हरायो । पहिलो सेटमा २५-५, दोस्रो सेट २५-१५ र तेस्रो सेटमा २५-१७ ले हराउँदै नेपालले एकपक्षीय रुपमा खेल जितेको हो ।

नेपालले यसअघि श्रीलंका र माल्दिभसलाई हराइसकेको छ । श्रीलंकालाई ३-२ को सेटमा जितेको थियो भने माल्दिभसलाई सोझै जितेको हो ।
नेपालले चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ । ६ राष्ट्र सहभागी भएको यस खेलमा शीर्ष २ टोलीले फाइनल खेल्नेछ् । खेल राउन्ड रोविनको आधारमा हुँदै छ ।

प्रतिक्रिया