मंगलबार, वैशाख १६, २०८२

श्रम मन्त्रालयले विदेश जानेलाई ५ लाख डोज खोप उपलब्ध गराउने

नेपालखोज २०७८ पुष १० गते १३:१०

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सरकारले सहजरुपमा खोप उपलब्ध गराउने भएको छ् । रोजगारीमा जाने कामदारलाई पहिलो प्राथमिकता दिँदै काठमाडौंका विभिन्न अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुष्ण कुमार श्रेष्ठसँग वैदेशीक रोजगारका व्यवस्थापक तथा कामदारले एक डोजमात्र लगाउने जोन्सन खोपको व्यवस्था गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई खोपको व्यवस्था गरिदिन आग्रह गर्दै पत्र लेखिसकेका छन् । वैदेशीक रोजगारीमा जाने नेपालीले जोन्सन एन्ड जोन्सनको खोप लगाए मात्र प्रवेश पाउने भएकाले ५ लाख खोप व्यवस्था गर्न श्रेष्ठले आग्रह गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशीक रोजगारीमा जाने नेपालीलाई सहजरुपमा खोपको उवलब्ध गराउने जनाएको छ । जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाउनु पर्नेछ ।

प्रतिक्रिया