मंगलबार, वैशाख १६, २०८२

कसरी सुरू भयो ‘क्रिसमस-डे’ ?

नेपालखोज २०७८ पुष १० गते १४:२७

इसाई समुदायको सबैभन्दा प्रमुख चाड हो जुन प्रतेक वर्ष २५ डिसेम्बरका दिन मनाइन्छ । संसारका धेरै जसो भागमा प्रभु यशुको जन्मदिवसका रुपमा यो दिन मनाउने चलन छ । कतिपय युरोपियन देशमा जुलुस पनि निकालिन्छ जसमा यशुको जीवन सम्बन्धी झाँकीहरू प्रस्तुत गरिन्छ ।

इसाई समुदायको मान्यता अनुसार यशु अर्थात् जीसस क्राइस्टको जन्म बेथलहममा मेरी र जोसेफको घरमा भएको थियो । सेक्सटस जुलियस अफ्रिकानस ले ई.सं.२२१ मा पहिलो पटक २५ डिसेम्बरका दिन जीससको जन्म दिवस मनाएका थिए । यो दिनलाई किन पनि क्रिसमस-डे भनिन्छ भने रोमनका मानिसहरु विन्टर सोल्सटाइसका दौरान २५ दिसेम्बरका दिनको सूर्यको जन्म दिन मनाउँथे । भनिन्छ मेरीले यो संसार निर्माणको चौथो दिन ९२५ मार्च मा गर्भधारण गरेकी थिइन् । त्यसको ठिक नौ‌‌ महिना पछि २५ दिसेम्बरका दिन यशुको जन्मभयो ।

क्रिसमसको महत्व
क्रिसमस धार्मिक दृष्टिले मात्र महत्वपूर्ण चाड होइन यसको सांस्कृतिक पक्ष पनि उल्लेखनिय छ । यो दिन उपहारहरु आदानप्रदान गरिन्छ भने प्रेम र खुसी बाँडिन्छ । केही खास कुराले क्रिसमसमा उल्लास थप्छन् ।

क्रिसमस ट्री
क्रिसमस-डे मा घर , अफिस, होटल-रेस्टुरेन्टहरु क्रिसमस ट्री ले सजाउने चलन छ । यो दिन क्रिसमस ट्रीलाई कलरफुल बल्स, स्टार तथा गिफ्ट्हरुले सजाइन्छ ।

ह्यागिङ मिस्टलेटो
मिस्ट लेटो औषधीय गुणले भरपुर जडिबुट्टी हो । क्रिसमसमा मिस्टलेटो झुन्डाउने परम्परा छ । यसको तल उभिएर शान्ति र प्रेम बाड्ने संकल्प लिइन्छ ।

सान्ता क्लज
सान्ता क्लजका बिना क्रिसमस नै अपुरो हुन्छ । सान्ता क्लजबाट उपहार पाउने आशामा क्रिसमसको रात बालबालिकाहरु पलङ नजिक आफ्नो मोजा राखेर सुत्छन् ।

प्रतिक्रिया