कांग्रेसमा वरीयता विवाद : कोइराला पहिलो बैठकमै अनुपस्थित

नेपालखोज २०७८ पुष १० गते १४:५७

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आज (शनिबार) बोलाइएको पार्टी केन्द्रीय समितिको पहिलो बैठकमा सहभागी भएनन् ।

कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा उनी अनुपस्थित भएपछि चर्चाको विषय भएको छ । कोइराला पहिलो बैठक छोडेर काठमाडौं बाहिर गएको बुझिएको छ ।

काँग्रेसको विधानमा सभापति पदमा दोस्रो बढी भोट ल्याउने नेता केन्द्रीय सदस्य हुने प्रावधान छ । कांग्रेसमा यतिवेला वरीयतासम्बन्धी विवाद बढेको बुझिएको छ ।

वरीयता विवादकै कारण कोइराला केन्द्रीय समितिको बैठकमा सहभागी नभएको जनाइएको छ । १४ औं महाधिवेशनमा सभापति पदको निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेका कोइरालालाई २० औं वरीयतामा राखिएको छ ।

प्रतिक्रिया