‘एमसीसीका सवालमा व्यक्तिगत होइन, सरकारको स्पष्ट धारणा आउनु पर्यो’
नेपालखोज
२०७८ पुष १० गते १५:३६

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज (शनिबार) सञ्चारकर्मीसँग कुराकानीका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर नहुने भन्दै सरकारको धारणा के हो स्पष्ट हुनुपर्ने जनाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गरे । एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने धारणा पनि उनले व्यक्त गरे । अध्यक्ष ओलीले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने जनाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया