एमसीसी संशोधोन गरेर पारित गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग सम्झौता एमसीसी संशोधन र परिमार्जन गरेर अघि बढाउनु पर्ने बताएका छन् । आज सम्पादकहरुसँगको छलफलमा प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर सम्झौता गर्नुपर्ने बताए ।
प्रचण्डले आफ्नो पार्टी एमसीसी कै पक्षमा रहेको स्पष्ट पारे । उनले आफूहरु रकम फिर्ताेका पक्षमा नरहेको बताए । उनले भने,–‘बिना परिमार्जन र बिना संशोधन चाहीँ यो जाँदैन् । त्यसकारण हामीले गठबन्धनमा छलफल पनि गर्यौं । प्रधानमन्त्री र मबीच त धेरैपटक छलफल भएको छ । बुद्धिजिवी र पत्रकाहरुबीच पनि छलफल हुन जरुरी छ ।’
उनले नेपालमा विकास गर्न बजेटको आवश्कता रहेको बताए । उनले भने,–‘पैसा जाओस भन्ने हाम्रो चाहना होईन, तर यो बीचमा केपी ओली र अर्थमन्त्रालयबाट जे–जस्ता कामहरु गरिएको छ, त्यसले जनमानसमा आशंका जन्मिएको छ । ती सबै विषय क्लियर गर्नुपर्छ ।’

प्रतिक्रिया