‘पार्टी रुपान्तरणको अभियान देउवाबाट सुरु हुनेछ’

‘काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टी रुपान्तरणको अभियान सभापति शेरबहादुर देउवाले सुरु गर्ने बताएका छन् । आफूहरूले रुपान्तरणको पक्षमा भोट मागेकाले अभियान पनि सभापति देउवाबाटै सुरु गर्नुपर्ने उनले जनाए । उनले आफूहरूले उठाउँदै आएको रुपान्तरणको आवाजलाई महाधिवेशन प्रतिनिधिहरुले सुनिदिएको जनाए ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले अहिले सभापतिमा देउवाको दोस्रो ईनिङ्स सुरु भएको तर्क गरे । देउवाले सेञ्चुरी नहानेपनि हाफ सेन्चुरी हान्ने ठाउँमा आफूहरूले पुर्याउने उनले ठोकुवा गरेका छन् ।
उपसभापति गुरुङले आफुहरुपनि अब अग्निपरीक्षामा रहेको सुनाए । नवनिर्वाचित समिति कार्यभार सम्हालेको उल्लेख गर्दै उनले सरकार पनि नयाँ ढंगले चल्न आवश्यक रहेको जनाए । पार्टीभित्ररुपान्तरण हुनुपर्छ भन्दै महाधिवेशनको मैदानमा नारा घन्काएको उनले स्मरण गराए ।

प्रतिक्रिया