चौबीस घण्टामा थप १६७ जनामा संक्रमण पुष्टि, २२६ डिस्चार्ज

नेपालखोज २०७८ पुष १० गते १६:३२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८३ जनाको पीसीआर परीक्षणमा १५७ र २ हजार १६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जना गरि १६७ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ रहेको छ ।

त्यस्तै, त्यस्तै पछिल्लो चौबीस घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५८३ पुगेको छ ।

त्यस्तै, त्यस्तै पछिल्लो चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख १० हजार ४९७ पुगेको छ । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया