मंगलबार, वैशाख १६, २०८२

करीव ३० के.जी गाँजा बरामद

नेपालखोज २०७८ पुष १० गते १६:०३


काठमाडौं । सिरहाको औरही गाउँपालिका १ को सीमा इलाकाबाट सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ । आज नेपालबाट भारततर्फ लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो ।

यसैगरी सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका ११ को कोशी बादबाट शुक्रबार सशस्त्र प्रहरीले करीव ४० के.जी गाँजा बरामद गरेको छ ।

सोही ठाउँमा परालको कुन्यूमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्टले बरामद गरेको हो ।

प्रतिक्रिया