मैले हारेर पनि जितें : कोइराला

नेपालखोज २०७८ पुष १० गते १६:५८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले हारेर पनि जितेको बताएका छन् । आज भएको कोइराला सेवा समाजको २६ औं वार्षिक साधारण सभामा उनले आफू पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरेको बताए ।

पार्टीको १४ औं महाधिवेशनमा आफूले सभापतिमा चुनाव हारेपनि आफ्नो एजेण्डा जितेको बताए । उनले आफूले चुनाव लडेर सिकेको बताए । उनले आफ्नो परिवार एक ठाउँमा उभिएको भ ए अर्कै परिणाम आउने संकेत गरे । एक ठाउँमा परिवार उभिए मात्र देशका लागि केही गर्न सक्ने कोइरालाले बताए ।

प्रतिक्रिया